Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रोल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

रोल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बिहिवार , जेठ २१, २०८३

रोल्पा । रोल्पामा आज बिहान गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्लाको माडी गाउँपालिका वडा नम्बर २ स्थित व्याङखोलामा अस्थायी नम्बर प्लेट MH14TCJ 471 भएको बोलेरो पिकअप गाडी सडकबाट अनियन्त्रित भई सयौँ मिटर तल खस्दा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा एक जना महिला र दुई जना पुरुष रहेका छन् । 

भौगोलिक कठिनाइका कारण हालसम्म मृतकहरूको नाम, थर र ठेगाना खुल्न सकेको छैन । प्रहरीका अनुसार पिकअप गाडी सडकबाट करिब ४-५ सय मिटर तल खसेको छ ।

व्याङखोलामा गाडी दुर्घटना भएको खबर स्थानीयबासीले आज बिहान ९ बजेतिर मात्रै प्रहरीलाई गराएका थिए । दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरीको विशेष टोली घटनास्थलतर्फ प्रस्थान गरेको थियो ।

गाडी पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा रहेको र भीरमा अड्किएको कारण सुरुमा उद्धार कार्यमा समेत कठिनाइ भएको थियो । 

अहिले प्रहरी टोली स्थानीय नागरिकहरूको सहयोगमा घटनास्थलमा पुगेर उद्धार कार्य, शव व्यवस्थापन र कानुनी प्रक्रियामा जुटेको छ।  गाडी कसरी दुर्घटना भयो र गाडीमा कति जना सवार थिए भन्नेबारे विस्तृत विवरण आउन बाँकी रहेको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077