Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बाजुरामा जिप दुर्घटना हुँदा चालकसहित नौ जना घाइते

बाजुरामा जिप दुर्घटना हुँदा चालकसहित नौ जना घाइते

सोमवार , श्रावण ४, २०८३

बाजुरा। बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्।

प्रहरीका अनुसार सोमबार दिउँसो करिब १ः२५ बजे हिमाली गाउँपालिका–५ अन्तर्गत कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सुदूरपश्चिम प्रदेश ०१–००१ ज १८७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा चालक हिमाली गाउँपालिका–२ नातीखोला निवासी २५ वर्षीय जनवीर बुढासहित ९ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेहरूमा ४० वर्षीय धर्मलाल बुढा, ३१ वर्षीय मिजरा बुढा, ४० वर्षीय अम्मर सिंह बुढा, २० वर्षीया अस्मिता थापा, २८वर्षीय जंग सिंह बुढा, २० वर्षीय गोरख रोकाया, २७ वर्षीय लोकेन्द्र बुढा र ९ वर्षीया सुस्मा बुढा रहेका छन्।

प्रहरीका अनुसार सबै घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077