काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज ६ वटा प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागले आज बिहान ६ः२५ बजे जारी गरेको सूचनाअनुसार यतिबेला कोसी, बागमती, गण्डकी प्रदेशका केही स्थान साथै कर्णाली प्रदेशका थोरै स्थानमा पानी परिरहेको छ।
गएको २४ घण्टामा सबैभन्दा बढी पानी झापा जिल्लाको अनारमनी बिर्तामा ९१।२ मिलिमिटर वर्षा भएको मौसम महाशाखाले जनाएको छ।
मौसम महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ।
देशको पहाडी भूभागका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ।
कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।