Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

डडेल्धुरामा जिप दुर्घटना हुँदा दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

डडेल्धुरामा जिप दुर्घटना हुँदा दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

शनिवार , श्रावण २, २०८३

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका-७ खर्स्याखानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

धनगढीबाट दार्चुला तर्फ जाँदै गरेको सुपप्र ०१ – ००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान करिब २ बजेको समयमा दुर्घटना भएको हो । जसमा २ जनाको मृत्यु भएको छ भने चालकसहित ३ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाउँपालिका-१ का अन्दाजी ४५ सुगन लोथ्याल र सोही ठाउका अन्दाजी २८ वर्षीय हनु लोथ्याल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए ।

प्रहरीका अनुसार घाइते हुनेमा दार्चुलाको मार्मा गाउँपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना र अपिहिमाल गाउँपालिका(१ का वर्ष ३५ वर्षीय सरस्वती लोथ्याल रहेका छन् ।

यसैगरी जिप चालक बैतडीको डिलासैनी गाउँपालिका-२ का अमृत घरेडी पनि घाइते छन् । घाइते तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077