Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

यातायात कार्यालय इटहरीबाट सेवाग्राही ठगेको आरोपमा २२ जना पक्राउ

सुनसरी । इटहरीस्थित यातायात व्यवस्था कार्यालय कोशीबाट सेवाग्राही ठगेको आरोपमा प्रहरीले २२ जनालाई पक्राउ गरेको छ । इटहरीस्थित हलगढामा रहेको यातायात व्यवस्था सेवा कार्यालयमा बुधबार दिउँसो प्रहरीले छापा मारेको हो ।

इलाका प्रहरी कार्यलय इटहरीका अनुसार यातायात कार्यालयमा सेवा लिन आउने ग्राहकसँग बढी पैसा असुल्ने र कार्यालयका महत्वपूर्ण कागजात लेखापढी सेन्टरको सटरमा पुर्‍याएर मिलेमतो गरी गलत कार्य गर्ने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा एक करारका कर्मचारीसहित कार्यालय परिसरमा सञ्चालित विभिन्न लेखापढी सेन्टरका व्यक्तिहरु रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । यस्तैै बजाज, होन्डा, यमाहा, भेस्वा ब्रान्डका मोटरसाइकल कम्पनीका कर्मचारीसमेत पक्राउ परेका छन् ।

उनीहरुको साथबाट यातायात कार्यालयको १५ वटा ढड्डा, २३ वटा ब्लुबुक, १५ वटा फाइल र विभिन्न छापहरु पनि प्रहरीले बरामद गरेको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077