धनगढी । अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल आज कैलालीको धनगढी पुगेका छन् ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार साँझ डा.केसीसँग टेलिफोन संवाद गरेका थिए ।
त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको हो ।
प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य सचिव पनि आइतबार धनगढी पुगेर डा. केसीसँग संवाद गर्ने तयारी रहेको शिक्षामन्त्री पोखरेललको सचिवालयले जनाएको छ ।
सरकारले वार्तामार्फत डा. केसीको अनशनको सहमतिपूर्ण निकास खोज्ने प्रयासलाई तीव्र बनाएको छ ।