Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

पाँच प्रदेशमा सरकार गठन गर्न एमाले–नेकपाबीच सहमति

पाँच प्रदेशमा सरकार गठन गर्न एमाले–नेकपाबीच सहमति

शनिवार , श्रावण ९, २०८३

काठमाडौं । प्रदेश सरकार गठनका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच पाँच प्रदेशमा गठबन्धन गर्ने सहमति भएको छ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल र सह–संयोजक माधव नेपालबीच भएको छलफलमा प्रदेश सरकार गठनको मोडालिटीमा सहमति जुटेको स्रोतले जनाएको छ।

सहमतिअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा सरकारको नेतृत्व नेकपाले गर्नेछ भने कोशी, बागमती र लुम्बिनी प्रदेशमा सरकार गठनको नेतृत्व नेकपा एमालेले गर्नेछ।

मधेस र गण्डकी प्रदेशको सरकार गठनबारे भने नेपाली कांग्रेससँग थप छलफल गर्ने सहमति भएको स्रोतको भनाइ छ।

दुई दलबीचको यो सहमतिसँगै प्रदेश सरकार गठनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। यद्यपि, मधेस र गण्डकी प्रदेशको समीकरणबारे अन्तिम टुंगो लाग्न अझै बाँकी रहेको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077