Jul 09 2026 | २०८३, आषाढ २५ गते

09 Jul 2026 | बिहिवार, आषाढ २५ गते २०८३

बिहिवार, आषाढ २५ गते २०८३
images
images

वामदेव समूहका ६ नेता एमालेमा फर्किए, ओलीले गरे स्वागत

वामदेव समूहका ६ नेता एमालेमा फर्किए, ओलीले गरे स्वागत

बिहिवार , आषाढ २५, २०८३

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम समूहका केही  नेताहरू एमालेमा फर्किएका छन् ।

बिहीबार नेकपा एमालेको पार्टी कार्यालय, च्यासल पुगेर नेकपा पोलिटब्युरो सदस्य डीबी कार्कीसहित ६ जना केन्द्रीय सदस्य एमालेमा फर्किएका हुन् ।

कार्कीसँगै राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ) र दीपक इटानी (धादिङ), रविन्द्र बम (बैतडी) लगायत नेताहरू पनि एमाले प्रवेश गरेका छन्।

डीबी कार्की पहिलो संविधानसभामा एमालेबाट निर्वाचित सदस्य थिए र लामो समयदेखि वामदेव गौतम समूहमा सक्रिय थिए ।

उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077