Jul 09 2026 | २०८३, आषाढ २५ गते

09 Jul 2026 | बिहिवार, आषाढ २५ गते २०८३

बिहिवार, आषाढ २५ गते २०८३
images
images

प्रधानमन्त्रीलाई देख्ने बित्तिकै अख्तियार प्रमुखले 'स्यालुट' हान्छन् कि भन्ने डर भयो : गगन थापा

प्रधानमन्त्रीलाई देख्ने बित्तिकै अख्तियार प्रमुखले 'स्यालुट' हान्छन् कि भन्ने डर भयो : गगन थापा

बिहिवार , आषाढ २५, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो संवैधानिक निकायको नेतृत्व प्रधानमन्त्रीसँग डराउने व्यक्तिको हातमा पुग्ने खतरा बढेको बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् । उनले अख्तियार प्रमुख प्रधानमन्त्रीलाई नै अनुसन्धान गर्न सक्ने हैसियतको हुनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री देख्नासाथ 'थुरथुर काम्ने' व्यक्ति आयोगको नेतृत्वमा पुग्न नहुने बताए ।

“प्रधानमन्त्री देख्नासाथ काम्ने मानिस अख्तियार प्रमुख बन्ने खतरा भयो। परैबाट सलुट गर्दै आउला कि भन्ने डर लाग्यो। प्रधानमन्त्रीलाई सलाम ठोक्ने अख्तियार प्रमुखले भ्रष्टाचारको निष्पक्ष अनुसन्धान कसरी गर्छ ?” थापाले प्रश्न गरे।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकार, मन्त्री वा प्रधानमन्त्री कसैले पनि भ्रष्टाचार गरे अनुसन्धान गर्न सक्ने स्वतन्त्र निकाय भएकाले त्यसको नेतृत्व राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने धारणा राखे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077