Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सरकार चलाउँछौं, हिसाब दिन्छौं : गगन थापा

सरकार चलाउँछौं, हिसाब दिन्छौं : गगन थापा

मंगलवार , माघ २७, २०८२

लहान । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक स्थिरता र सुशासनका लागि कांग्रेसले आगामी पाँच वर्ष सरकार चलाउन चाहेको स्पष्ट पारेका छन्।

मंगलबार सिरहाको लहानमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मुलुकलाई सही दिशामा अघि बढाउन स्थिर सरकार अनिवार्य भएको बताएका हुन् ।

सभापति थापाले कांग्रेसको उद्देश्य लुकाउनुपर्ने कुनै कारण नरहेको उल्लेख गर्दै भने, 'हामी पाँच वर्षका लागि सरकार चलाउन चाहन्छौं, यसमा लुकाउनुपर्ने केही छैन।'

उनले आगामी पाँच वर्ष देश यस्तो ढंगले सञ्चालन गर्नुपर्ने बताए, जसले गर्दा कुनै पनि सरकारले नागरिकमाथि गोली चलाउन नपरोस् र कुनै पनि दिन सिंहदरबार जल्दैन भन्ने सुनिश्चित होस्।

थापाले कांग्रेस सरकारमा पुगेपछि पारदर्शी शासन प्रणाली लागू गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077