Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सभापति थापाले दिए राजीनामा

कांग्रेस सभापति थापाले दिए राजीनामा

बिहिवार , चैत्र ५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्।

फागुन २१ गते सम्पन्न निर्वाचनमा हार भोगेपछि उनले उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका हुन् । यद्यपि राजीनामा पत्र सार्वजनिक गरिएको छैन ।

चैत ६ गतेका लागि आह्वान गरिएको केन्द्रीय कार्यसमिति बैठकअघि नै आएको यो निर्णयले कांग्रेसभित्रको राजनीतिक समीकरणमा नयाँ तरंग ल्याएको छ।

थापा गत पुस २७–३० गते काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए। सो महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति समेत गठन गरिएको थियो।

तर, त्यसको वैधानिकतामाथि प्रश्न उठाउँदै पूर्वसभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए, जुन अहिले पनि विचाराधीन अवस्थामा छ।

विशेष महाधिवेशनपछि कांग्रेस चुनावमा होमिएको थियो । तर, सर्लाही–४ बाट उम्मेदवार बनेका थापा स्वयं अमरेश सिंह सँग पराजित भए। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077