Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

रविलाई महाधिवेशनको शुभकामना दिँदै गगन थापाले भने - संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय छ

रविलाई महाधिवेशनको शुभकामना दिँदै गगन थापाले भने - संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय छ

आइतवार , आषाढ ७, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छोटो समयमै उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति जनाउन सफल भएको बताएका छन् ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनका अवसरमा शुभकामना व्यक्त गर्दै थापाले पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको उल्लेख गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ। तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ।”

थापाले महाधिवेशनलाई विचार, संगठन र नीतिगत दृष्टिले पार्टीका लागि ऐतिहासिक अवसरका रूपमा व्याख्या गर्दै यसले रास्वपालाई अझ परिपक्व, जिम्मेवार र दूरदर्शी राजनीतिक शक्ति बनाउन मद्दत गर्ने अपेक्षा व्यक्त गरेका छन्।

उनका अनुसार महाधिवेशनले पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र उत्तरदायी बनाउँदै लोकतान्त्रिक मूल्य र संविधानप्रदत्त नागरिक अधिकारको संरक्षणतर्फ थप उर्जा दिनेछ।

थापाले अन्त्यमा रास्वपाको महाधिवेशन सफलताको कामना गर्दै आगामी राजनीतिक यात्राका लागि शुभेच्छा व्यक्त गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077