Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गगन थापाको आह्वान - अब माया होइन, भोट चाहियो

गगन थापाको आह्वान - अब माया होइन, भोट चाहियो

मंगलवार , माघ २७, २०८२

सुनसरी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीप्रति जनताले गरेको विश्वासलाई अब मतमा बदल्न आग्रह गरेका छन्।

मंगलबार सुनसरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत झुम्कामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस र आफूलाई दिएको विश्वासलाई मतदानमार्फत पुष्टि गर्नुपर्ने बताएका हुन्।

थापाले भने,'तपाईंहरूले कांग्रेस र मलाई विश्वास गर्नुभएको छ, माया गर्नुभएको छ। अब यो क्षेत्रबाट राजीव कोइराला दाइलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु। बाँकी कुरा पूरा गर्नेछु।'

उनले कांग्रेसले जनतासामु गरेका प्रतिबद्धता पूरा गरेको छ कि छैन भन्ने कुरा जनतासम्म पुर्‍याउन नेता तथा कार्यकर्तालाई आग्रह गरे। उनले पार्टी परिवर्तन भएर आएको दाबी गर्दै कांग्रेसले भनेका कुरा पूरा गरेको दाबीसमेत गरे।

थापाले भने, 'कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने जनतालाई बताइदिनुहोला। मैले तपाईंहरूको विश्वासमा परेको छु। हामीले भनेका कुरा पूरा गरेका छौं, कांग्रेस बदलिएर आएको छ।'

सभापति थापाले निर्वाचन आचारसंहिता लागू भएकाले धेरै कुरा खुलस्त बोल्न नमिल्ने अवस्था रहेको उल्लेख गर्दै कांग्रेसले अब भ्रष्टाचारको अन्त्य र सुशासन स्थापना गर्न आधारसहित काम गर्नुपर्ने बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077