Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

गृहमन्त्री गुरुङले गरे रास्वपाको महाधिवेशनस्थल अवलोकन

गृहमन्त्री गुरुङले गरे रास्वपाको महाधिवेशनस्थल अवलोकन

आइतवार , आषाढ ७, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन उद्घाटनस्थल गएरातिको अविरल वर्षाका कारण जलमग्न बनेपछि गृहमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य सुधन गुरुङ स्थलमा पुगेर अवस्थाको अवलोकन गरेका छन्।

भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा तय गरिएको उद्घाटन स्थलमा वर्षापछि पानी जम्दा कार्यक्रम तयारीमा केही अवरोध उत्पन्न भएको हो।

स्थिति बुझ्न गुरुङ आइतबार बिहान स्थलमा पुगेका थिए। हाल मञ्चस्थलमा जमेको पानी निकाल्ने र क्षेत्र सफा गर्ने कार्य तीव्र रूपमा भइरहेको आयोजकले जनाएको छ।

आयोजनास्थललाई पुनः सञ्चालनयोग्य बनाउन स्वयंसेवक र प्राविधिक टोली परिचालित गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077