Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रास्वपामा अब पदाधिकारीको संख्या १९ सदस्यीय, केन्द्रीय सदस्य १५८

रास्वपामा अब पदाधिकारीको संख्या १९ सदस्यीय, केन्द्रीय सदस्य १५८

शनिवार , आषाढ ६, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन भोलिबाट औपचारिक रूपमा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ केन्द्रीय समिति तथा नेतृत्व संरचना चयन गर्नेछ ।

महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार चितवनमा बसेको केन्द्रीय समिति बैठकले संशोधित विधान पारित गरेको छ । पार्टी नेता गणेश पराजुलीका अनुसार नयाँ विधानअनुसार पदाधिकारी संरचना र केन्द्रीय समितिको ढाँचा पुनःनिर्धारण गरिएको छ ।

संशोधित व्यवस्था अनुसार अब पार्टीका पदाधिकारी संख्या १९ जना रहनेछ । जसमा सभापति, वरिष्ठ नेता, तीन उपसभापति (एक महिला अनिवार्य), दुई महामन्त्री, पाँच सहमहामन्त्री (एक महिला अनिवार्य), एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता रहने व्यवस्था गरिएको छ ।

यस संरचनाअनुसार प्रवक्ता स्वतः सचिवालय सदस्य हुनेछन् भने अन्य पदाधिकारीहरू पनि सचिवालयमा रहने व्यवस्था गरिएको छ । बाँकी सचिवालय सदस्यहरू सभापतिले मनोनीत गर्ने विधानमा उल्लेख छ ।

त्यस्तै, रास्वपाको केन्द्रीय समिति १५८ सदस्यीय हुने भएको छ । जसमा ९९ जना निर्वाचित हुनेछन् भने ५१ जना सभापतिबाट मनोनीत गरिनेछन् । सातै प्रदेशका सभापति स्वतः पदेन सदस्य रहने व्यवस्था पनि गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077