Jul 09 2026 | २०८३, आषाढ २५ गते

09 Jul 2026 | बिहिवार, आषाढ २५ गते २०८३

बिहिवार, आषाढ २५ गते २०८३
images
images

जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदन भन्दै सच्याउन केपी ओलीको निवेदन

जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदन भन्दै सच्याउन केपी ओलीको निवेदन

बिहिवार , आषाढ २५, २०८३

काठमाडौं । नेकपा एमालेले जेनजी आन्दोलनको घटनासम्बन्धी प्रतिवेदन सच्याउन राष्ट्रिय मानव अधिकार आयोगसमक्ष माग गरेको छ ।

बिहीबार एमाले नेता महेश बर्तौलाले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट निवेदन बुझाएका हुन् ।

एमालेले आयोगको निर्णय नम्बर १७७ मा सिफारिस पूर्वाग्रहपूर्ण र असंवैधानिक रहेको  निवेदनमा उल्लेख छ ।  

आयोगले भदौ २३ र २४ गतेको घटनामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मानवअधिकार उल्लङ्घन गरेको ठहर गर्दै कारबाहीको सिफारिस गरेको थियो।

आयोगको उक्त निर्णय नेपालको संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय मानवअधिकारका स्थापित मान्यता र सिद्धान्तसँग मेल नखाने, पूर्वाग्रहपूर्ण र असंवैधानिक रहेको दाबी गर्दै त्यसलाई पुनरावलोकन गरी सच्याउन निवेदन दर्ता गरेको हो ।

यससँगै एमालेले आयोगसँग यसअघि माग गरिएका सबै कागजात र प्रतिवेदनको प्रमाणित प्रतिलिपि पनि उपलब्ध गराउन आग्रह गरेको छ । आयोगले माग गरिएका सबै कागजात हालसम्म पूर्ण रूपमा उपलब्ध नगराएको एमालेको भनाइ छ ।

एमालेले लिली थापाको नेतृत्वमा बनेको छानबिन समितिले आयोगमा बुझाएको प्रतिवेदनको प्रमाणित प्रतिलिपि दिन पनि माग गरेको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077