Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध रास्वपा सांसद बोहोराले हाले मुद्दा, भोलि पेसी

मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध रास्वपा सांसद बोहोराले हाले मुद्दा, भोलि पेसी

सोमवार , जेठ १८, २०८३

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनविरुद्ध रास्वपाका सांसद दीपक बोहोराले सर्वोच्चमा रिट हालेका छन् । 

प्रतिवेदनमा आफ्नो नाम उल्लेख गरेपछि सांसद बोहराले आज सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । 

आज सभापति रवि लामिछानेसँगै दिल्ली जानुअघि दर्ता गरिएको रिटको पेसी भोलिलाई तोकिएको छ ।

मानव अधिकार आयोगले जेठ १३ गते जेनजी आन्दोलनमा भएका घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक गरिएको छ ।

उक्त प्रतिवेदनमा विभिन्न ढंगले भिडलाई उक्साउने क्रियाकलाप गरेको भन्दै रास्वपाका दर्जनौँ सांसदहरूलाई आरोपित गर्नेको सूचीमा बोहराको पनि नाम छ । उनीहरूमाथि छानबिन गरेर दोषी देखिएमा कारबाही गर्न भनिएको छ । 

बोहराले आफू जेनजी आन्दोलनमा प्रत्यक्ष सहभागी नभएको भन्दै रिट दर्ता गरेका हुन् । 

त्यसबेला आफू दोस्रो सन्तान जन्मिने क्रममा श्रीमतीसँग अस्पतालमा रहेको पनि उनको भनाइ छ । 

मानवअधिकारको रक्षा गर्नुपर्ने जिम्मेवारी बोकेको संस्थाले अनुमानलाई प्रमाण बनाउँदा भविष्यमा कुनै पनि नागरिकलाई सार्वजनिक विषयमा बोल्न डराउने अवस्था सिर्जना गर्न सक्ने बोहराको दाबी छ । साथै प्रतिवेदन पूर्वाग्रही र भ्रमपूर्ण रहेको बोहराको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077