Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

एमाले कार्यदलको बैठक सर्‍यो, असार २५ गते बस्ने

एमाले कार्यदलको बैठक सर्‍यो, असार २५ गते बस्ने

आइतवार , आषाढ २१, २०८३

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक असार २५ गते बस्ने भएको छ ।

यसअघि कार्यदलको बैठक असार २२ गते तय भएकोमा मिति परिवर्तन भएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए । 

निर्वाचनमा लज्जास्पद हार खाएपछि एमालेमा पुनर्गठन बहस तीव्र छ ।

त्यसैले पार्टीले निर्वाचनको समीक्षा गर्दै संगठनलाई थप प्रभावकारी बनाउने उद्देश्यले थापा नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले देशभरबाट सुझाव संकलन गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएको छ ।

उक्त प्रतिवेदनका आधारमा पार्टीको संगठनात्मक संरचना, कार्यशैली तथा पुनर्गठन सम्बन्धी निर्णय गर्ने एमालेको तयारी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077