Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयूमा भर्ना गर्ने तयारी

अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयूमा भर्ना गर्ने तयारी

शनिवार , श्रावण ९, २०८३

धनगढी । धनगढीमा २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था लगातार बिग्रिँदै गएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गर्ने तयारी गरिएको छ।

कृष्ण मन्दिर धर्मशालामा अनशनरत डा. केसीको स्वास्थ्य परीक्षणका क्रममा रक्तचाप ११०/९० र रगतमा सुगरको मात्रा ५० पुगेको पाइएको छ, जुन निकै न्यून भएकाले तत्काल उपचार आवश्यक रहेको चिकित्सकहरूले बताएका छन्।

उनका सहयोगी डा. अमृत जैसीका अनुसार लामो समयदेखि अनशनमा रहेकाले डा. केसीमा मांसपेशी बाउडिने, बोल्न असहज हुने तथा हिँडडुल गर्नसमेत कठिन हुने समस्या देखिएको छ।

अवस्था थप जटिल बन्न नदिन चिकित्सकहरूले तत्काल अस्पतालको आईसीयूमा राखेर उपचार गर्न सिफारिस गरेका छन्। सोहीअनुसार उनलाई सेती प्रादेशिक अस्पताल लैजाने तयारी भइरहेको छ।

यता, डा. केसी अनशनरत रहेको कृष्ण मन्दिर धर्मशालाबाहिर भने विरोध प्रदर्शनसमेत भएको छ। शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिको नेतृत्वमा प्रदर्शन गर्दै सहभागीहरूले ‘गोविन्द केसी गो ब्याक’ भन्दै नाराबाजी गरेका छन्। उनीहरूले डा. केसीलाई सत्याग्रह फिर्ता लिन आग्रह गरेका छन्।

डा. केसी बिहीबारदेखि पाँचबुँदे माग अघि सार्दै धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा २४औँ सत्याग्रहमा बसेका छन्।

उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि चिकित्सक, सहयोगी र प्रशासनले आवश्यक उपचार तथा निगरानीमा विशेष ध्यान दिइरहेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077