Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालेन्द्र सरकारले सुकुम्बासीलाई मान्छे नै ठानेन, अमानवीय व्यवहार गर्‍यो : नारायणकाजी श्रेष्ठ

बालेन्द्र सरकारले सुकुम्बासीलाई मान्छे नै ठानेन, अमानवीय व्यवहार गर्‍यो : नारायणकाजी श्रेष्ठ

शनिवार , बैशाख १९, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा देशभरका सुकुम्बासी बस्ती खाली गराउन डोजर चलाइएपछि नेकपाका नेता नारायणकाजी श्रेष्ठले कडा आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेता श्रेष्ठले सरकारले सञ्चालन गरेको “डोजर आतंक”लाई जनविरोधी र गरिबविरोधी कदमको संज्ञा दिएका छन्। उनले सुकुम्बासीमाथि दमन, गैरजिम्मेवार विस्थापन र अमानवीय व्यवहार भइरहेको आरोप लगाउँदै यस्तो कार्य तत्काल रोक्न माग गरेका हुन्।

श्रेष्ठले सुकुम्बासीहरू पनि राज्यका नागरिक भएकाले उनीहरूलाई सम्मानपूर्वक बाँच्ने र आवास पाउने अधिकार सुनिश्चित गर्नु सरकारको दायित्व भएको उल्लेख गरे।

'जमिन नभएकै कारण नागरिकलाई अपमानित र आवासविहीन बनाइने अवस्था स्वीकार्य हुन सक्दैन,' उनले भनेका छन्।

उनले सुकुम्बासी समस्या समाधानका नाममा जथाभावी बस्ती हटाउने होइन, व्यवस्थित र वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको स्पष्ट पारे।

वास्तविक सुकुम्बासीलाई बेघर बनाउने कार्य अस्वीकार्य रहेको उनको धारणा छ। साथै, सहरको सौन्दर्यकरणका नाममा गरिब समुदायमाथि दमन गर्न नहुने चेतावनी पनि दिएका छन्।

विगतका सरकारहरूले पटक–पटक आयोग गठन गरे पनि समस्या समाधान गर्न नसकेको स्मरण गराउँदै श्रेष्ठले वर्तमान सरकारको कार्यशैलीलाई अझै कठोर र अमानवीय भएको टिप्पणी गरे।

उनले आफ्नो गृहमन्त्री कार्यकालको प्रसंग उठाउँदै बालेन्द्र शाह सँग भएको मतभेद पनि सार्वजनिक गरेका छन्।

उनका अनुसार, तत्कालीन समयमा बस्ती हटाउन बल प्रयोग गर्ने प्रस्ताव आएको भए पनि आफूले पहिले वास्तविक सुकुम्बासीको पहिचान, तथ्यांक संकलन र वैकल्पिक पुनर्वासको व्यवस्था गर्नुपर्ने अडान राखेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077