Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

धर्मेन्द्र प्रधानको राजीनामापछि सोनम वाङचुकको टिप्पणी – लोकतन्त्रको जित भयो

धर्मेन्द्र प्रधानको राजीनामापछि सोनम वाङचुकको टिप्पणी – लोकतन्त्रको जित भयो

शनिवार , श्रावण ९, २०८३

शिक्षामन्त्रीको राजीनामा लोकतन्त्रको जित’ — सोनम वाङचुक

काठमाडौं । भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई लोकतन्त्र, शान्तिपूर्ण आन्दोलन र नागरिक दबाबको ऐतिहासिक विजयका रूपमा टिप्पणी गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल एक्स मार्फत प्रतिक्रिया दिँदै वाङचुकले लेखेका छन्, “यो लोकतन्त्रको जित हो। लोकतन्त्रको जित—जो सिधै सडकबाट आएको छ। यो शान्ति, धैर्य र दृढताको जित हो। ककरोच जनता पार्टी र देशका जेनजीलाई बधाई।”

उनले आन्दोलनमा साथ दिने सम्पूर्ण नागरिकप्रति आभार व्यक्त गर्दै थप लेखेका छन्, 'ती सम्पूर्ण नागरिकलाई पनि धन्यवाद, जसले डर र त्रासलाई त्यागेर देशको हरेक कुनाबाट आवाज उठाए।'

पोस्टको अन्त्यमा उनले 'जवाफदेहिताबाट अब सुधारतर्फ' भन्ने सन्देश दिँदै आन्दोलनको उपलब्धिलाई अब शिक्षा प्रणाली सुधारसँग जोड्नुपर्ने धारणा व्यक्त गरेका छन्।

‘नीट’ प्रश्नपत्र बाहिरिएको विवादपछि शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै वाङचुकले २६ दिन लामो आमरण अनशन गरेका थिए।

उनले जुन २८ देखि दिल्लीको जन्तर–मन्तरस्थित ककरोच जनता पार्टीको मञ्चबाट अनशन सुरु गरेका थिए।

बिहीबार मध्यराति केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहको पहलमा उनले अनशन तोडेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077