Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

आईजीपीसँग शिक्षामन्त्रीको छलफललगत्तै एमबीएस प्रश्नपत्र ‘लिक’ गर्ने दुई जना पक्राउ

आईजीपीसँग शिक्षामन्त्रीको छलफललगत्तै एमबीएस प्रश्नपत्र ‘लिक’ गर्ने दुई जना पक्राउ

आइतवार , श्रावण १०, २०८३

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सत्रको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको विशेष पहलपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

प्रश्नपत्र बाहिरिएको सूचना आएलगत्तै मन्त्री पोखरेलले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग छलफल गरी तत्काल अनुसन्धान र कारबाहीका लागि निर्देशन दिएका थिए।

त्यसपछि सीआईबीले आइतबार बिहानै सुलभ सर भनिने व्यक्तिसहित दुई जना आरोपितलाई नियन्त्रणमा लिएको हो।

अनुसन्धानका क्रममा ‘एमबीएस फर्स्ट सेम सेक्शन–सी’ नामक ह्वाट्सएप समूहमा परीक्षा सुरु भएको पाँच मिनेटमै ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको प्रश्नपत्र पठाइएको खुलेको प्रहरीले जनाएको छ। सामाजिक सञ्जालमा प्रश्नपत्र सार्वजनिक भएपछि ‘टीयू स्टुडेन्ट्स’ फेसबुक पेजले स्क्रिनसटसहित त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराएको थियो।

घटनापछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डिनको कार्यालयले साइबर ब्युरोलाई पत्राचार गरेको थियो।

साथै, परीक्षा नियन्त्रण महाशाखाले प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्दै सात कार्यदिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077