पर्सा । पर्साको छिपरमाई गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बल मिर्जापुरको संयुक्त टोलीले १४० किलोग्राम गाँजा बरामद गरेको हो।
विशेष सूचनाका आधारमा खटिएको संयुक्त टोलीले छिपरमाई गाउँपालिका–१ मिर्जापुरस्थित आँपको बगैंचामा घाँसभित्र लुकाइराखिएको अवस्थामा १३ पोकामा रहेको १४० किलो गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
शनिबार राति करिब ९:३० बजे बरामद गरिएको गाँजाको स्रोत र संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।