Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

अन्तिम समयमा गगन थापाको भारत भ्रमण स्थगित

अन्तिम समयमा गगन थापाको भारत भ्रमण स्थगित

आइतवार , श्रावण १०, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ।

नयाँदिल्लीमा हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहे पनि उनले भ्रमण रद्द गरेका हुन्।

भारतको नयाँदिल्लीमा हुन गइरहेको पार्टीको जनसम्पर्क समितिको अधिवेशनका लागि थापालाई प्रमुख अतिथिको रूपमा बोलाइएको थियो ।

शनिबार भारत जाने तयारीमा रहेका सभापति थापाको भ्रमण आज आइतबारका लागि सारिएको थियो ।

तर अन्तिम समयमा आएर थापा भारत भ्रमण नजाने भएका हुन् ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार थापाको भारत भ्रमण नितान्त आन्तरिक तथा प्राविधिक कारणले स्थगित गरिएको हो। भ्रमणको नयाँ मिति भने तय भइसकेको छैन।

यद्यपि, पार्टीभित्र जारी आन्तरिक विवादका कारण भ्रमण स्थगित गरिएको हुन सक्ने स्रोतहरूको दाबी छ।

कांग्रेसभित्र संस्थापन र इतर पक्षबीच मतभेद बढिरहेका बेला दुवै पक्षले छुट्टाछुट्टै राजनीतिक गतिविधि अघि बढाइरहेका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077