Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

छड्के अनुगमन गर्न गृहमन्त्री गुरुङ पुगे रसुवागढी नाका

छड्के अनुगमन गर्न गृहमन्त्री गुरुङ पुगे रसुवागढी नाका

आइतवार , श्रावण १०, २०८३

रसुवा। गृहमन्त्री सुधन गुरुङ आइतबार बिहान नेपाल–चीन सीमा नाका रसुवागढी पुगेका छन्। 

गृहमन्त्री गुरुङ रसुवाको टिमुरेस्थित चीनसँगको अन्तर्राष्ट्रिय नाका अवलोकन तथा निरीक्षणका लागि शनिबार काठमाडौंबाट नुवाकोट हुँदै त्यसतर्फ प्रस्थान गरेका थिए ।

स्रोतका अनुसार नाकामार्फत हुनसक्ने तस्करी, भन्सार छली तथा सुरक्षा अवस्थाबारे छड्के अनुगमन गर्न उनी रसुवागढी नाका पुगेका हुन्। 

उनी बा.२ झ ४४६ नम्बरको सरकारी सवारीसाधनमार्फत रसुवा पुगेका थिए।

गृहमन्त्री गुरुङले सीमा नाकाको सुरक्षा अवस्था, भन्सार व्यवस्थापन तथा तस्करी नियन्त्रणका विषयमा सुरक्षा निकायका अधिकारीसँग जानकारी लिने र आवश्यक निर्देशन दिने कार्यक्रम रहेको जनाइएको छ।

सरकारले पछिल्लो समय सीमा नाकामा हुने अवैध गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राख्दै अनुगमनलाई तीव्र बनाएको छ।

यद्यपी शुक्रबार मात्रै राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएको विषयको जवाफ दिँदै गृहमन्त्री जाँदा धेरैले घेर्ने भएकाले अबदेखि सीमा क्षेत्रको अवलोकनका लागि  सादा पोशाकमा प्रहरी खटाइने बताएका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077