Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

भानुभक्तको सालिक तोडफोड, कुँवर पक्राउ

भानुभक्तको सालिक तोडफोड, कुँवर पक्राउ

आइतवार , श्रावण १०, २०८३

लमजुङ । आदिकवि भानुभक्त आचार्य र वीरगञ्जवासी खड्कबहादुर थापाको सालिक तोडफोड गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका–४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा स्थापित सालिक तोडफोड गरी क्षति पुर्‍याएको आरोपमा रोशन कुँवरलाई पक्राउ गरेको हो ।

यही साउन ७ गते राति भएको उक्त घटनाको अनुसन्धानका क्रममा व्यास नगरपालिका–७ तनहुँका स्थायी बासिन्दा हाल लमजुङमा बस्दै आएका २४ वर्षीय कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई लमजुङ जिल्ला अदालतबाट आपराधिक उपद्रव मुद्दामा पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077