Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

डा. गोविन्द केसीका मागबारे धनगढीमा सरकारी टोली र प्रतिनिधिबीच वार्ता

डा. गोविन्द केसीका मागबारे धनगढीमा सरकारी टोली र प्रतिनिधिबीच वार्ता

आइतवार , श्रावण १०, २०८३

धनगढी । २४औँ सत्याग्रहमा रहेका डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता टोलीले छलफल थालेको छ । 

केसीका प्रतिनिधि र सरकारी टोलीबीच सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।हेमराज पाण्डेको कार्यकक्षमा केहीबेर अघिदेखि छलफल सुरु भएको हो ।

वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री बालेन शाहका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल, प्रतिनिधिसभा सदस्य पुकार बम, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा.विकास देवकोटा सहभागी छन् ।

प्रधानमन्त्रीका स्वास्थ सल्लाहकार समेत रहेका अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. देवकोटा र  सचिव पौडेल शनिबार नै धनगढी पुगेका थिए ।

यता डाक्टर केसीका तर्फबाट उनका सहयोगी डाक्टर अमृत जैशी र पवन थापा सहभागी रहेका छन् । उनीहरूबीच केसीले उठाएका मागबारे संवाद भइरहेको छ । केसीका माग सम्बोधन गर्न सरकार सकारात्मक भएपनि सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति डा. सुनिल प्रसाद जोशी र रजिष्ट्रारलाई हटाउने विषयमा भने पेचिलो बनेको छ ।

सरकार केसीका माग सम्बोधन गर्न सकारात्मक देखिए पनि शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई हटाउने मागमा सहमति जुट्न कठिन देखिएको छ।

वार्ताअघि सरकारी टोलीले अस्पतालको आईसीयूमा पुगेर डा. केसीसँग भेटघाट समेत गरेको थियो।

बिहीबारदेखि पाँचबुँदे माग राख्दै आमरण अनशनमा बसेका डा। केसीको स्वास्थ्य अवस्था शनिबार थप जटिल बनेपछि उनलाई धनगढीस्थित कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो ।

यसैगरी डा. केसी अनशनरत रहेको कृष्ण मन्दिर धर्मशालाबाहिर  विरोध प्रदर्शन समेत भएको थियो । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिको नेतृत्वमा प्रदर्शन गर्दै सहभागीहरूले ‘गोविन्द केसी गो ब्याक’ भन्दै नाराबाजी गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077