Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

प्रश्नपत्र ‘लिक’ प्रकरणमा स्ववियूद्धारा त्रिवि डीनको राजीनामा माग

प्रश्नपत्र ‘लिक’ प्रकरणमा स्ववियूद्धारा त्रिवि डीनको राजीनामा माग

आइतवार , श्रावण १०, २०८३

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रश्नपत्र बाहिरिएको घटनापछि त्रिवि केन्द्रीय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले व्यवस्थापन संकायका डीन र परीक्षा हेर्ने सहायक डीनको राजीनामा माग गरेको छ।

स्ववियू सभापति दीपकराज जोशीले प्रश्नपत्र बाहिरिएको घटनाको नैतिक जिम्मेवारी लिँदै सम्बन्धित अधिकारीले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्। 

उनले डीन कार्यालयकै नेतृत्वमा छानबिन समिति गठन गरिएकाले त्यसको निष्पक्षतामाथि प्रश्न उठेको भन्दै दुई दिनभित्र दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

जोशीले भने- 'परीक्षाको निष्पक्षता र विश्वविद्यालयको गरिमा माथि कसैले सम्झौता गर्नुहुँदैन । डिन कार्यालय नै दोषी भएर उसले आफैँले समिति बनाएर छानबिन हुन्छ भन्ने कुरामा विश्वास गर्न सकिँदैन ।नैतिकताका आधारमा सम्बन्धित निकायका अधिकारीले राजीनामा दिनैपर्छ भन्ने माग स्ववियूको छ।' 

साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा प्रश्नपत्र बाहिरिएको थियो।

केही मिनेटमै प्रश्नपत्र बाहिरिएको भन्दै फेसबुक पेज ‘टियु स्टुडेन्ट्स’ले त्रिविको ध्यानाकर्षण गराएको थियो। उक्त पेजले ह्वाट्सएप ग्रुपका स्क्रिनसटकसमेत सार्वजनिक गरेको थियो।

प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डिनको कार्यालयले साइबर ब्युरोलाई पत्राचार गरेको थियो।

परीक्षा नियन्त्रण महाशाखाले आइतबार यही घटना छानबिन गर्न प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन  गरेको छ।

अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक डा. पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्राध्यापक डा महेशराज ओझालाई सदस्यको तोकिएको छ।

उक्त समितिलाई छानबिन गरी सत्यतथ्य निरूपण गरी सात कार्यदिन भित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।

यस्तै प्रश्नपत्र बाहिरिएको सूचना आएलगत्तै मन्त्री पोखरेलले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग छलफल गरी तत्काल अनुसन्धान र कारबाहीका लागि निर्देशन दिएका थिए।

त्यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार बिहानै सुलभ सर भनिने व्यक्तिसहित दुई जना आरोपितलाई नियन्त्रणमा लिइसकेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077