Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एमबिएस परीक्षा सुरू भएको ५ मिटेनमै प्रश्नपत्र आउट, यसरी मागिएको थियो उत्तर

एमबिएस परीक्षा सुरू भएको ५ मिटेनमै प्रश्नपत्र आउट, यसरी मागिएको थियो उत्तर

आइतवार , श्रावण १०, २०८३

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्न पत्र बाहिरिएको खुलेको छ।

साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरू भएको केही मिनेटमै सामाजिक सञ्जालमा प्रश्न पत्र बाहिरिएको खुलेको हो।

‘एमबिएस फ्रस्ट सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुपमा परीक्षा सुरू भएको ५ मिनेटमै पठाइएको खुलेको छ । 

केही मिनेटमै सामाजिक सञ्जालमार्फत बाहिरिएको भन्दै फेसबुक पेज ‘टियु स्टुडेन्ट्स’ले त्रिविको ध्यानाकर्षण गराएको थियो।

उक्त पेजले त्यही ह्वाट्सएप ग्रुपका स्क्रिनसटकहरू समेत सार्वजनिक गरेको थियो। 

उक्त पेजमा भनिएको छ–‘प्राप्त जानकारीअनुसार परीक्षा मध्याह्न १२ बजे सुरू भएको थियो। तर, करिब १२ः०५ बजेतिर नै परीक्षा प्रश्नपत्रहरू विभिन्न ह्वाट्सएप समूहमा साझा भएको दाबी गरिएको छ। यस घटनाले परीक्षा प्रणालीको गोपनीयता, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको परीक्षार्थी तथा सरोकारवालाहरूको भनाइ छ ।’ 

सार्वजनिक गरिएको स्क्रिनसटमा ‘सुलभ सर’ भनिएका व्यक्तिले प्रश्न पत्र पठाएको देखिन्छ। उनले प्रश्नपत्र पठाएपछि केशव भट्ट भन्ने व्यक्तिले ‘सर सोलुसन पनि पठाइ दिनु न’ भनेका छ्न्।

त्यसको केही मिनेटमा सुलभले अर्को ‘पिडिएफ फाइल’ पठाएको देखिन्छ। उक्त पिडिएफमा के थियो भन्ने खुलेको छैन।

त्यस्तै, त्यही ग्रुपमा रहेका ‘सुजन पौडेल’ ले अब अर्को इकोनोमिक्सको परीक्षामा आफू ढिला जाने लेख्छन्। ‘अब इकोनोमिक्सकोमा ढिला जान पर्ला सर। प्रश्न पत्र हाल्दिनुहोला यसरी,’ उनले लेखेका छन्।

उक्त ग्रुपमा एक हजार २३ जना सदस्य रहेको देखिन्छ।

प्रश्न पत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डीनको कार्यालयले साइबर ब्युरोलाई पत्राचार गरेको छ।

शनिबार नै सहायक डीन डा. भरत राईले साइबर ब्युरोलाई आधिकारिक रूपमा पत्राचार गरेका हुन्। पत्राचारमा यसरी सार्वजनिक भएको विषयमा आफूहरूको ध्यानाकर्षण भएको र खोजी गरिदिनका लागि अनुरोध गरेको छ।

डीनको कार्यालयले प्रहरीलाई लेखेको पत्रमा भनिएको छ–‘एमबिएस प्रथम सेमेष्टरको अर्गनाइजेशनल बिहेबियर विषय परीक्षाको प्रश्नपत्रको सम्बन्धमा विभिन्न ह्वाट्सएप समूहहरूमा साझा गरिएकोसम्बन्धी आएकाले, यस व्यवस्थापन संकाय डीनको कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । सुलभ सर (९८१२...) लगायत केही व्यक्तिहरूको नाम र फोन नम्बर पनि स्क्रिनसटमा देखिन्छ। यस सम्बन्धमा अवश्यक व्यक्ति संस्थारपरीक्षा केन्द्रको पहिचान गरी हदै सम्मको कानूनी कारबाही गरी सहयोग गरीदिनु हुन अनुरोध गर्दछु।’

परीक्षा नियन्त्रण महाशाखाले आइतबार यही घटनाको छानबिन गर्नका लागि छानबिन समितिसमेत गठन गरेको छ। प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने परीक्षा संचालक समितिले निर्णय गरेको छ।

अनुगमन निर्देशनालयका उप निर्देशक सह प्रा.डा पुष्कर रैखला र केन्द्रीय परीक्षा संचालक समितिका सदस्य सह प्रा.डा महेशराज ओझालाई सदस्यको तोकिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077