काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेर आज प्रतितोला दुई लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार भने सुन दुई लाख ८५ हजार ५ सयमा कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । ६० रुपैयाँले बढेर आज प्रतितोला चार हजार ४१० कारोबार भएको छ ।
शुक्रबार चाँदी चार हजार ३५० रुपैयाँमा कायम भएको थियो ।