Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बेवारिसे अवस्थामा ५ सय ५४ किलो गाँजा बरामद

बेवारिसे अवस्थामा ५ सय ५४ किलो गाँजा बरामद

बिहिवार , माघ १, २०८२

सुनसरी। सुनसरीबाट बेवारिसे अवस्थामा ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

जिल्लाको दुहबी नगरपालिका अन्तर्गत रहेको प्रहरी चौकी अमडुवाले उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार पुस ३० गते प्राप्त विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बर्जु गाउँपालिका–४ हरबनीस्थित बाँसको झ्याङमा लुकाइराखिएको ५ सय ५४ किलो गाँजा फेला पारेको हो।

बरामद गरिएको गाँजाको ओसारपसारमा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077