Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

लघुवित्तकर्मीको चेतावनी - सुरक्षा अवस्थामा सुधार नभए सम्पूर्ण सेवा बन्द गर्छौ

काठमाडौं । । नेपाल लघुवित्त बैंकर्स संघले शान्ति सुरक्षाको व्यवस्था नभए सेवा बन्द गर्ने चेतावनी दिएको छ ।

सोमबार ७७ वटा जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्री पुषकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएपछि आयोजित पत्रकार सम्मलेनमा बैंकर्स संघले घुवित्त वित्तीय संस्थाहरूमाथिको अराजक गतिविधिहरू बन्द नभए देशभरको सम्पूर्ण वित्तीय सेवा बन्द गर्ने चेतावनी दिएको हो ।

संघले पछिल्लो समय कानुनभित्र रहेर सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरूमाथि लगातार रूपमा प्रत्यक्ष आँच पुर्‍याउने र लाखौँ जनताको बैंकिङप्रतिको भरोसालाई प्रभावित पार्ने काम भएको बताए । त्यस्ता कार्य तत्काल बन्द गर्न सरकारसँग मागसमेत गरेको छ ।

नेपाल लघुवित्त बैंकर्स संघका पूर्वअध्यक्ष वसन्त लम्सालले लघुवित्त वित्तीय संस्थाहरूमाथि भएको अराजक गतिविधिमा सरकारले सुरक्षा दिन नसकेको गुनासो गरे ।

विगत डेढ वर्षदेखि लघुवित्त संस्था खारेज गर्नुपर्ने, ऋण मिनाहा गर्नुपर्ने, शून्य ब्याजदरमा ऋण दिनुपर्ने जस्ता माग राख्दै लघुवित्त संस्थाविरुद्ध आन्दोलन जारी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077