Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

७ वर्षपछि सोमबार उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग

७ वर्षपछि सोमबार उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग

रणबद्ध रूपमा सवारी सञ्चालन गरिने

आइतवार , श्रावण १०, २०८३

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आगामी सोमबार औपचारिक रूपमा उद्घाटन हुँदै सञ्चालनमा आउने भएको छ। 

करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको काठमाडौं र धादिङलाई जोड्ने बहुप्रतीक्षित उक्त आयोजना शिलान्यास भएको सात वर्षपछि सञ्चालनमा आउन लागेको हो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते सुरुङमार्गको शिलान्यास गरेका थिए। प्रारम्भिक सम्झौताअनुसार ४२ महिनाभित्र निर्माण सम्पन्न हुनुपर्ने भए पनि कोभिड–१९ महामारी, मुआब्जा विवाद तथा अन्य प्राविधिक कारणले आयोजना निर्धारित समयभन्दा ढिलो सम्पन्न भएको हो।

आयोजनाअन्तर्गत २.६८ किलोमिटर लामो मुख्य सुरुङ र २.५५७ किलोमिटर लामो आपतकालीन ९रेस्क्यु० सुरुङ निर्माण गरिएको छ। २०८० साउन २२ गते रेस्क्यु सुरुङको ‘ब्रेक थ्रु’ गरिएको थियो भने २०८१ असार ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरेका थिए।

सुरुङमार्ग उद्घाटनको पहिलो दिन आपतकालीन प्रयोजनका सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिइनेछ। त्यसपछि चरणबद्ध रूपमा निजी तथा सार्वजनिक सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने सरकारले जनाएको छ। तर, पैदलयात्री, दुईपाङ्ग्रे सवारीसाधन तथा डिजेल, पेट्रोललगायत प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने सुरुङमार्ग प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ।

२०७६ कात्तिक ४ गतेदेखि निर्माण सुरु भएको यो सुरुङ २०८० वैशाख १३ गते सक्ने गरी जापान सरकारको सहुलियत ऋण सहयोगमा जापानी कम्पनी हाजमा-आन्दो जेभीले निर्माणको जिम्मा पाएको थियो ।

तर, कोभिड  १९ को कारण देखाई २०८० साउन ४ गतेसम्मका लागि पहिलो पटक म्याद थप भएको थियो । तर उक्त अवधिमा पनि सम्पन्न हुन नसकेपछि पुनः स्थानीयको विवाद लगायतका कारण निर्माणमा ढिला भएको कारण देखाइ म्याद थपेर २०८१ वैशाख १३ सम्म पुर्‍याइएको थियो । यस म्यादमा पनि निर्माण सम्पन्न हुन सकेन यसपछि तेस्रो पटक पुनः म्याद थपेर २०८२ कात्तिक ८ गतेसम्म पुर्‍याइएको थियो ।

यस अवधिमा सुरुङ निर्माण सकिसकेको थियो । तर धादिङतर्फको सडकमा गएको पहिरो र अन्य प्राविधिक काम बाँकी रहेको भन्दै चौथो पटक म्याद थपेर २०८३ वैशाख १२ सम्म पुर्‍याइयो थियो। 

आयोजनाको सुरुवाती लागत २२ अर्ब रुपैयाँ अनुमान गरिएको भए पनि पटक पटक म्याद थप हुँदा करिब २९ अर्ब पुगेको छ ।

यसअघि सुरुङमार्ग सञ्चालन २०८२ माघमा गर्ने लक्ष्य राखिएको भए पनि फेरि सरेर साउनमा पुर्‍याइएको हो ।

मन्त्रिपरिषद्ले गत साउन २६ गते उक्त निर्णय गरेको र सोही आधारमा राजपत्रमा सूचना प्रकाशित गरी दर सार्वजनिक गरिसकेको छ ।

जसअनसुार कार, भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ ।

मिनी बस, मिनी टिपररट्रकको प्रवेशका लागि ११५ र बाहिरिँदा ८० रुपैयाँ लाग्नेछ । बस, ट्रक ९सिंगल रियर एक्सल० प्रतिसवारीसाधन प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ तोकिएको छ । मल्टी एक्सल ट्रकरसवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ तोकिएको छ।

नेपालको महत्वपूर्ण पूर्वाधार परियोजनामध्ये एक मानिने नागढुंगा सुरुङमार्गबाट दीर्घकालीन रूपमा नेपाली जनताले लाभ प्राप्त गर्ने विश्वास गरिएको छ ।

साथै, नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा सडकखण्डको सवारी जाम घट्नुका साथै काठमाडौं–धादिङ आवतजावत सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077