Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

माटोको ढिस्कोले पुर्दा १३ वर्षीय बालकको मृत्यु, एकजना घाइते

माटोको ढिस्कोले पुर्दा १३ वर्षीय बालकको मृत्यु, एकजना घाइते

आइतवार , श्रावण १०, २०८३

दाङ । दाङमा माटोको ढिस्कोले पुर्दा १३ वर्षीय बालकको मृत्यु भएको छ भने अर्का किशोर घाइते छन् ।

माटोको ढिस्कोले पुर्दा जिल्लाको राजपुर गाउँपालिका–२ पिपल डाँडाका १३ वर्षीय दीपेश चौधरीको मृत्यु भएको हो । साथै १८ वर्षीय सुमित यादव घाइते छन् ।

उनी खतरा मुक्त रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । शनिबार राति ९ बजेतिर  बेलास्थित दुर्गा सामुदायिक वन भित्र ट्याक्टरसहित लुकिछिपी माटो लिन भनेर गएका मध्य एक जना बाललको माथिबाट झरेको माटोको ढिस्कोले पुरेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक स्थानीय २८ वर्षीय रामप्रताप यादवलाई प्रहरीले मध्य राति नियन्त्रणमा लिएको थियो ।

इलाका प्रहरी कार्यालय गढवाका अनुसार ढिस्कोले पुर्दा अचेत अवस्थामा उद्धार गरि लमही अस्पताल पुर्‍याउना साथ चिकित्सकले चेकजाँच पछि उनलाई मृत घोषणा गरेका थिए ।  

मृतकको शव पोस्टमर्टमका लागि लमही अस्पतालमा राखिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077