Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • मनकामना स्मार्ट लघुवित्तको ५ प्रतिशत लाभांश घोषणा

    मनकामना स्मार्ट लघुवित्तको ५ प्रतिशत लाभांश घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 870
    SHARES

    काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षसम्मको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    लघुवित्तले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।



    सोमध्ये ४.७५ प्रतिशत बोनस सेयर रहेको छ भने ०.२५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। माघ १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    प्रस्ताव गरीएको लाभांश नेपाल राष्ट्र बैंक र मनकामनाको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि वितरण गरीने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार