Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

ओलीले शिलान्यास गरेको नेपालकै पहिलो सुरुङमार्ग मन्त्री लम्साल र जापानी राजदूतबाट उद्घाटन हुँदै

ओलीले शिलान्यास गरेको नेपालकै पहिलो सुरुङमार्ग मन्त्री लम्साल र जापानी राजदूतबाट उद्घाटन हुँदै

आइतवार , श्रावण १०, २०८३

काठमाडौं । नागढुंगा–सिस्नेखोला निर्माण सम्पन्न भएको नेपालकै पहिलो सुरुङमार्ग सोमबारबाट औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

उद्घाटन कार्यक्रम सोमबार बिहान १०ः२५ बजे सुरु भई मध्याह्न १२ः१५ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रमको सुरुवात पण्डितद्वारा स्वस्तिवाचन तथा पूजाआजासहित हुनेछ भने त्यसपछि औपचारिक समारोह सुरु गरिनेछ। मन्त्री लम्सालले पानस प्रज्ज्वलन गरी उद्घाटन कार्यक्रमको शुभारम्भ गर्नेछन्।

त्यसपछि सडक विभागका महानिर्देशक डा। विजय जैशीले परियोजनाबारे संक्षिप्त जानकारी प्रस्तुत गर्नेछन्। कार्यक्रममा जापान सरकार र जाइकाका प्रतिनिधिहरूको पनि विशेष उपस्थिति रहनेछ। जाइकाका अध्यक्ष डा। तानाका अकिहिको र नेपालका लागि जापानी राजदूत माएदा तोरुले मन्तव्य दिने कार्यक्रम छ।

औपचारिक समारोहपछि सहभागीहरू मञ्चबाट सुरुङको पोर्टलसम्म पैदल पुग्नेछन्। त्यसपछि मन्त्री लम्साल, नेपालका लागि जापानी राजदूत, जाइकाका अध्यक्ष, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तथा सडक विभागका महानिर्देशकले संयुक्त रूपमा रिबन काटेर सुरुङमार्ग उद्घाटन गर्नेछन्।

यसै क्रममा मन्त्री लम्सालले नेपालतर्फको शिलालेख अनावरण गर्नेछन् भने जापानी राजदूत र जाइकाका अध्यक्षले संयुक्त रूपमा जापानतर्फको स्मारक ढुङ्गाको अनावरण गर्ने कार्यक्रम छ।

उद्घाटन र अनावरणपछि मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र सवारी चलाएर औपचारिक रूपमा सवारी आवागमनको शुभारम्भ गर्नेछन्।

सुरुङमार्ग उद्घाटनको पहिलो दिन आपतकालीन प्रयोजनका सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिइनेछ। त्यसपछि चरणबद्ध रूपमा निजी तथा सार्वजनिक सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने सरकारले जनाएको छ। तर, पैदलयात्री, दुईपाङ्ग्रे सवारीसाधन तथा डिजेल, पेट्रोललगायत प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने सुरुङमार्ग प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते सुरुङमार्गको शिलान्यास गरेका थिए।

यो सुरुङ २०८० वैशाख १३ गते सक्ने गरी जापान सरकारको सहुलियत ऋण सहयोगमा जापानी कम्पनी हाजमा-आन्दो जेभीले निर्माणको जिम्मा पाएको थियो ।

तर, कोभिड  १९ को कारण देखाई २०८० साउन ४ गतेसम्मका लागि पहिलो पटक म्याद थप भएको थियो । तर उक्त अवधिमा पनि सम्पन्न हुन नसकेपछि पुनः स्थानीयको विवाद लगायतका कारण निर्माणमा ढिला भएको कारण देखाइ म्याद थपेर २०८१ वैशाख १३ सम्म पुर्‍याइएको थियो । यस म्यादमा पनि निर्माण सम्पन्न हुन सकेन यसपछि तेस्रो पटक पुनः म्याद थपेर २०८२ कात्तिक ८ गतेसम्म पुर्‍याइएको थियो ।

यस अवधिमा सुरुङ निर्माण सकिसकेको थियो । तर धादिङतर्फको सडकमा गएको पहिरो र अन्य प्राविधिक काम बाँकी रहेको भन्दै चौथो पटक म्याद थपेर २०८३ वैशाख १२ सम्म पुर्‍याइयो थियो। 

आयोजनाको सुरुवाती लागत २२ अर्ब रुपैयाँ अनुमान गरिएको भए पनि पटक पटक म्याद थप हुँदा करिब २९ अर्ब पुगेको छ ।

यसअघि सुरुङमार्ग सञ्चालन २०८२ माघमा गर्ने लक्ष्य राखिएको भए पनि फेरि सरेर साउनमा पुर्‍याइएको हो ।

मन्त्रिपरिषद्ले गत साउन २६ गते उक्त निर्णय गरेको र सोही आधारमा राजपत्रमा सूचना प्रकाशित गरी दर सार्वजनिक गरिसकेको छ ।

जसअनसुार कार, भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ ।

मिनी बस, मिनी टिपररट्रकको प्रवेशका लागि ११५ र बाहिरिँदा ८० रुपैयाँ लाग्नेछ । बस, ट्रक (सिंगल रियर एक्सल) प्रतिसवारीसाधन प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ तोकिएको छ । मल्टी एक्सल ट्रकरसवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ तोकिएको छ।

नेपालको महत्वपूर्ण पूर्वाधार परियोजनामध्ये एक मानिने नागढुंगा सुरुङमार्गबाट दीर्घकालीन रूपमा नेपाली जनताले लाभ प्राप्त गर्ने विश्वास गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077