Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

लमजुङमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

लमजुङमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

आइतवार , श्रावण १०, २०८३

काठमाडौं । लमजुङमा भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा लमजुङको घरेडुंगामा भारी वर्षा मापन गरिएको हो ।

जन तथा मौस विज्ञान विभागका अनुसार, आसपासका क्षेत्रमा मध्यम वर्षा भइरहेको छ । 

थप वर्षाको सम्भावना रहेकाले स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने र बाढी, पहिरोको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

"साउन १०, राति १०ः५० बजे । पछिल्लो ३ घण्टामा लमजुङस्थित घरेडुंगामा भारी वर्षा र आसपासका क्षेत्रमा मध्यम वर्षा भइरहेको तथा थप वर्षा हुने सम्भावना रहेकाले स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने र बाढी, पहिरोको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाइराखौँ," विभागको सूचनामा उल्लेख छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077