Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उपत्यकाका करिडोर सडकमा राति सवारी आवागमन बन्द

उपत्यकाका करिडोर सडकमा राति सवारी आवागमन बन्द

शनिवार , आश्विन १८, २०८२

काठमाडौं । काठमाडौं उपत्यकाको करिडोर सडकमा राति सवारी आवागमन बन्द गरिएको छ।

उपत्यकाका नदी खोला किनारका सडक (कोरिडर सडक) मा आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भनेको छ।

उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा भइरहेको र आज राति वर्षाको मात्रा अझै बढ्न गई नदी खोलामा पानीको तह थप बढ्ने एवं नदी खोला किनारका सडक डुवानमा परी जोखिम बढ्ने संभावना रहेकाले बन्द गराउन भनिएको हो।

प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ- 'सम्भावित जोखिम कम गर्न काठमाडौं उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक) मा आज साँझ ६ः०० बजेदेखि भोलि बिहान ६ः०० बजेसम्म सवारी आवागमनमा आवश्यकतानुसार रोक लगाउनु हुन निर्णयानुसार अनुरोध छ ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077