Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मन्त्री घिसिङको उपस्थितिमा बाढी-पहिरो प्रभावितलाई राहत वितरण

मन्त्री घिसिङको उपस्थितिमा बाढी-पहिरो प्रभावितलाई राहत वितरण

शनिवार , आश्विन २५, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शनिबार विपद् संकटग्रस्त क्षेत्र इलामको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणसँगै मन्त्री घिसिङकै उपस्थितिमा प्रभावितलाई राहत वितरण पनि गरिएको छ।

मन्त्री घिसिङसँगै गृहसचिव रामेश्वर दंगाल, भौतिक पूर्वाधार तथा यातायात सचिव केशव कुमार शर्मा, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङ्ग लगायतको टोलीले प्रभावित क्षेत्रको निरीक्षण एवम् प्रभावितलाई राहत वितरण गरेको हो।

असोज १८ र १९ गते परेको भिषण वर्षाको कारण क्षति भएको मेची राजमार्ग अन्तर्गतका विभिन्न खण्डहरूको निरीक्षण गर्दै मन्त्री घिसिङले जतिसक्दो छिटो राजमार्गलाई सुचारू गर्ने गरी सडक मर्मत तथा पुनः निर्माणको कार्य भइरहेको बताए।

साथै सरकारले विपद् पछिको राहत वितरण तथा पुर्नस्थापनाको कार्यलाई विशेष प्राथमिकताको साथ तीनै तहका सरकारहरू मिलेर अगाडी बढाइने समेत बताए।

असोज १८ गते रातिको भीषण वर्षापछि ठूलो जनधनको क्षति भएकाले सरकारले इलामलाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । पहिरोका कारण इलाम नगरपालिका १० स्थित माईटापुका २६ घर परिवार विस्थापित भएका थिए । बाढी र पहिरोका कारण अहिलेसम्म इलाममा ३९ जनाको मृत्यु भएको छ ।

सोही क्षेत्रको निरीक्षण गर्न मन्त्री घिसिङ सहितको टोली शनिबार इलाम पुगेको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077