Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कुलमानद्वारा रवि सभापति र बालेन प्रधानमन्त्री बनाउने प्रस्ताव अस्वीकार

कुलमानद्वारा रवि सभापति र बालेन प्रधानमन्त्री बनाउने प्रस्ताव अस्वीकार

शनिवार , पौष १२, २०८२

काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले नयाँ राजनीतिक दलहरूबीच एकता गरी गठन हुने प्रस्तावित पार्टीको सभापति रवि लामिछाने र आगामी निर्वाचनपछिको प्रधानमन्त्री काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बन्ने प्रस्ताव अस्वीकार गरेको छ।

त्रिपुरेश्वरस्थित उज्यालो नेपालको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र मेयर बालेनको तर्फबाट आएको प्रस्तावमाथि छलफल गर्दै उक्त प्रस्ताव स्वीकार्य नहुने निष्कर्ष निकालेको हो।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार एकताका नाममा आएको प्रस्तावमा पार्टी संरक्षक कुलमान घिसिङको भूमिका तथा उज्यालो नेपालको हिस्सेदारीबारे कुनै ठोस खाका नआएको र आफ्नो पक्षको मात्र कुरा राखिएको भन्दै प्रस्ताव अस्वीकार गरिएको हो।

यद्यपि, नयाँ राजनीतिक शक्तिहरूबीच एकताको प्रयास भने निरन्तर अघि बढाउने विषयमा बैठकमा सहमति बनेको छ।

उज्यालो नेपालका केन्द्रीय सदस्य डा. अभिषेक सिंहले रास्वपा र मेयर बालेनसँग सहकार्यका विषयमा छलफल जारी रहने जानकारी दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077