Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुदनको आग्रहपछि कुलमान, रवि र बालेन फेरि छलफलमा

सुदनको आग्रहपछि कुलमान, रवि र बालेन फेरि छलफलमा

सोमवार , पौष १४, २०८२

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) फेरि संवादमा जोडिएका छन् ।

पछिल्लो पटक भएका छलफलहरू निष्कर्षविहीन भएका थिए । तर अन्तिम प्रयासस्वरुप कुलमानलाई मनाउन उनीहरू छलफल गर्न लागेका हुन।

बौद्धको अन्तरा होटलमा पार्टीको केन्द्रीय समितिमा सहभागी रहेका कुलमानलाई मिल्नुपर्छ भन्दै जेनजी अगुवा सुदन गुरुङले आग्रह गरेपछि कुलमान वार्ताका लागि तयार भएका थिए ।

स्रोतका अनुसार अहिले कमलपोखरीमा  रवि बालेन र घिसिङबीच अन्तिम वार्ता भइरहेको छ ।

आइतबार राति अबेरसम्म रवि, बालेन र कुलमानबीच छलफल चलेको थियो। तर, सहमति जुट्न सकेको थिएन। रास्वपा सभापति र बालेनबीचको सहमतिमा कार्यकारी पद बाँडफाँट हुँदा कुलमानलाई पन्छाएपछि उनी असन्तुष्ट बनेका थिए ।

यसअघि सहमति हुन नसक्दा प्रतिनिधिसभा निर्वाचनका लागि दुवै दलले छुट्टाछुट्टै समानुपातिकको बन्दसूची तयार पारिरहेका थिए ।

घिसिङको पार्टीले भने समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको छ । आयोगले आजै बन्दसूची बुझाउन समयसिमा तोकेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077