Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भान्जा र ससुरालाई बन्दसूचीमा राखिएको आरोपबारे कुलमानको स्पष्टोक्ति- म नातावादको विरोधी हुँ

भान्जा र ससुरालाई बन्दसूचीमा राखिएको आरोपबारे कुलमानको स्पष्टोक्ति- म नातावादको विरोधी हुँ

बुधवार , पौष १६, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक उम्मेदवारसँग आफ्नो नाम जोडेकोप्रति आपत्ति जनाएका छन् ।

मन्त्री घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत समानुपातिक उम्मेदवारसँग आफ्नो नाम जोडेको भन्दै आपत्ति जनाएका हुन् ।

केही दिन अघिदेखि उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच भएको सहमतिपछि समानुपातिक निर्वाचनमा आफ्नो ‘भान्जा’ र ‘ससुरा’लाई उम्मेदवार बनाएको भन्दै मन्त्री घिसिङको चौतर्फी आलोचना भइरहेको छ ।

उनले लेखेका छन्- 'समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्, साथै उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति हुन्। त्यसैगरी, समानुपातिक सूचीमा रहेका र मेरो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो आफ्नो ससुरा नभएको स्पष्ट पार्न चाहन्छु।'

मन्त्री घिसिङले समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा नभई पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको दाबी गरेका छन्। राजनीतिक असहमति स्वाभाविक भए तापनि झूट र भ्रम फैलाएर बदनाम गर्ने प्रयास आपत्तिजनक भएको उनले बताए ।

मन्त्री घिसिङले नातावाद र कृपावादको राजनीतिविरुद्ध आफू लामो समयदेखि उभिरहेको पनि उल्लेख गरेका छन् ।

साथै, उनले बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयभित्र सच्याइने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री घिसिङले पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा आफू दृढ रहेको उल्लेख गर्दै सबैलाई भ्रामक समाचार र टिप्पणीको भ्रममा नपर्न आग्रह गरेका छन् ।

'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077