Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ऊर्जामन्त्री घिसिङले भने- अस्तित्व मासेर हुने एकता कदापी स्वीकार्य छैन

ऊर्जामन्त्री घिसिङले भने- अस्तित्व मासेर हुने एकता कदापी स्वीकार्य छैन

शनिवार , पौष १२, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नभएको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महागनर प्रमुख बालेन शाहको देश विकास पार्टी र कुलमानको उज्यालो नेपाल पार्टीबीच एकताको प्रयास भइराख्दा उनले त्यस्तो बताएका हुन्।

शनिबार उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चद्वारा बौद्धमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले नयाँ शक्तिहरूले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने बताए।

उनले भने- 'एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन । सबैको अस्तित्व स्वीकार गर्दै, सबैलाई सम्मान हुने गरी अघि बढ्नु नै साँचो एकता हो।'

जनताको भावना र चाहना नयाँ शक्तिहरू एकजुट भएको हेर्न चाहेकाले जनताको इच्छा नयाँ राजनीतिक शक्तिहरू एक होउन् भन्ने भएकाले नयाँ शक्तिहरूले अहङ्कार त्यागेर साझा उद्देश्यका लागि एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077