Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इलाममा ४० वर्षयताकै अधिक वर्षा, जनधनको ठूलो क्षति

इलाममा ४० वर्षयताकै अधिक वर्षा, जनधनको ठूलो क्षति

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । इलाममा ४० वर्षयताकै अधिक वर्षा हुँदा जनधनको ठूलो क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले इलाममा बाढीपहिरोले धेरै क्षति हुनुको कारण धेरै वर्षा भएको जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार गएको असोज १७ र १८ गतेको ठूलो वर्षाले इलामको सूर्योदय नगरपालिकाको हिमाली गाउँ स्टेशनमा यसअघिको रेकर्ड नै ब्रेक गरेको हो ।

यसअघि हिमाली गाउँमा सन् १९८३ जुलाइ १५ मा ३२०।६ मिलिमिटर वर्षा मापन भएको थियो । तर यसवर्ष भने ३३२।६ मिलिमिटर वर्षा मापन भएको छ । यसपालि इलाम, पर्सा र रौतहटमा अति उच्च वर्षा भएको छ ।

दोस्रो धेरै वर्षा भएको रौतहटको गौर हो । गौरमा यसअघि ३०१.५ मिलिमिटर वर्षा भएकोमा यस वर्ष ३१५ मिलिमिटर वर्षा भएको छ ।

इलाममा बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ भने समग्र कोशी प्रदेशमा ४७ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077