काठमाडौं । असोज १८ र १९ गते देशका विभिन्न स्थानमा विपद्का घटनामा परी देशभर मृत्यु हुने संख्या ४९ पुगेको छ । नेपाल प्रहरीले दिएको दिउँसो साढे १ बजेसम्मको विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।
प्रहरीका अनुसार, इलाममा ७ उदयपुरमा १ जना, खोटाङमा ३ जना, भोजपुरमा २जना, पाँचथरमा ६ जना रमकवानपुरमा १ जना गरी २० जना घाईते भएका छन् ।
दुई दिनको अविरल वर्षाका कारण बाढी पहिरो, चट्याङ, गाडी दुर्घटना तथा खोलाले बगाउँदा उक्त क्षति भएको हो ।
प्रहरीका अनुसार सबैभन्दा बढी कोशी प्रदेशमा मानवीय क्षति भएको छ । उक्त प्रदेशको इलाममा मात्र बाढी पहिरोमा परी ३७ जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाले, रौतहटमा ३ जनाले ज्यान बाढीमा परेर गुमाएका छन् ।
त्यस्तै इलाम १, बारा१, रसुवामा ४, काठमाडौंमा १ गरी ७ जना बेपत्ता छन् ।