Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वर्षा गराउने प्रणाली कोशीतिर सर्‍यो, काठमाडौंमा संकट हट्यो

वर्षा गराउने प्रणाली कोशीतिर सर्‍यो, काठमाडौंमा संकट हट्यो

आइतवार , आश्विन १९, २०८२

काठमाडौं । देशभर वर्षाको सम्भावना कायमै रहे पनि काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ठूलो वर्षाको संकट हटेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो एक घण्टादेखि काठमाडौंमा वर्षा रोकिएको छ भने पानी पार्ने प्रणाली तुलनात्मक रूपमा कमजोर भएर उक्त प्रणाली कोशी प्रदेशतिर सरेको छ ।

काठमाडौं र बागमती प्रदेशमा ठूलो पानी पार्ने प्रणाली कमजोर भएकाले काठमाडौं उपत्यकामा वर्षा रोकिएको बताइएको छ ।

साथै यो प्रणाली आज दिउँसोदेखि पूर्ण रूपमा बागमती प्रदेशबाट बाहिरिने सम्भावना रहेको छ । वर्षा गराउने प्रणाली हाल कोशी प्रदेशमा केन्द्रित भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077