Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

चन्द्रागिरीमा मोटरसाइकल पसलमा ठोक्कियो, तीन बालबालिकासहित पाँचजना घाइते

चन्द्रागिरीमा मोटरसाइकल पसलमा ठोक्कियो, तीन बालबालिकासहित पाँचजना घाइते

बुधवार , आषाढ १७, २०८३

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–८ बौथली चोकमा मोटरसाइकल अनियन्त्रित भई सडक छेउको पसलमा ठोक्किँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका छन्।

प्रहरीका अनुसार रौतहटको राजदेवी नगरपालिका–२ निवासी ३३ वर्षीय उपेन्द्र ठाकुरले चलाएको बाप्र०२–०३६ प ७६१५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

दुर्घटनामा चालक उपेन्द्र ठाकुर, उनकी ३० वर्षीया श्रीमती रमिता देवी ठाकुर, ३ वर्षीय छोरा रुस्तम ठाकुर, बाँके घर भएका २ वर्षीय सरोज तामाङ र चन्द्रागिरी–८ निवासी ५ वर्षीया युजला श्रेष्ठ घाइते भएका छन्।

घटनापछि स्थानीय र प्रहरीले उद्धार गरी सबै घाइतेलाई राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याएका छन्। उनीहरूको उपचार प्रहरीको निगरानीमा भइरहेको छ।

प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077