Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै झण्डै १८ लाख ठगी, दुई जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै झण्डै १८ लाख ठगी, दुई जना पक्राउ

मंगलवार , बैशाख १५, २०८३

काठमाडौं। वैदेशिक रोजगारीका लागि बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने रौतहट राजपुर नगरपालिका-६ घर भएका २४ वर्षीय दिपक कुमार जयसवाल र सर्लाही हरिपुर नगरपालिका-२ बस्ने ३५ वर्षीय मोहन कुमार थापा रहेका छन् ।

पक्राउ मध्ये दीपकले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रुपैयाँ र मोहनले बुल्गेरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

त्यसपछि पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिकलाई काठमाडौं नागार्जुन नगरपालिका-८ बाट सोमबार र मोहनलाई काठमाडौं महानगरपालिका–६ बाट आइतबार पक्राउ गरेको हो।

उनीहरूलाई कारबाही तथा आवश्यक अनुसन्धान लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077