धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका–३ श्रीरामपुरबाट सर्टगनको तीन राउण्ड गोली र खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स्थानीय २० वर्षीय मुकेश दासको घरमा खानतलासी गर्दा सर्टगनका तीन राउण्ड गोली बरामद गरेको हो।
प्रहरीले उनको साथबाट ०.११० मिलिग्राम खैरो हेरोइन पनि फेला पारेको जनाएको छ।
बरामद लागुऔषध र गोलीसहित दासलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।