Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ह्युम पाइपमा लुकाइएको अवस्थामा ४१ राउण्ड गोली फेला

ह्युम पाइपमा लुकाइएको अवस्थामा ४१ राउण्ड गोली फेला

मंगलवार , फाल्गुण २६, २०८२

भक्तपुर। भक्तपुरको सल्लाघारीमा लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । 

मंगलबार ह्युम पाइप भित्र रुमालमा पोको पारेर राखिएको अवस्थामा ४१ राउण्ड गोली बरामद भएको हो ।

थ्रिनट थ्रि राइफलको २० राउण्ड र अन्य विभिन्न हतियारमा लाग्ने थप २१ राउण्ड गोली भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उक्त गोली जेनजी प्रदर्शन हुँदा आन्दोलनकारीले प्रहरीका युनिटहरुबाट लुटेको आशंका गरिएको छ । 

गोली कुन प्रहरी युनिटबाट लुटिएको थियो भन्नेबारे अनुसन्धान भइरहेको बताइएको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077